रक्सौल/ हरैया प्रहरी चौकीका अधिकृत श्री किशन पासवानले नेपालका भक्तजनहरूको आस्थालाई सम्मान गर्दै भारत–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्याएका छन्। श्री श्री १००८ अनिरुद्धाचार्य महाराज जीलाई नजिकबाट दर्शन गर्न रक्सौलको स्टेशन रोडस्थित नाकासा होटल नजिक भक्तजनहरूको भीड लागेको थियो।
वीरगंजका सामाजिक कार्यकर्ता पिया सिंह, प्रभात आनन्द सिंह, प्रसिद्धि आनन्द सिंह र राहुल सराफ लगायतले महाराज जीसँग भेट गर्ने इच्छा व्यक्त गरेका थिए। सो अवसरमा अधिकृत पासवानले नेपाल र भारतका भक्तजनहरूलाई आपसमा परिचय गराउँदै कर्तव्यनिष्ठा र सेवाभावको अनुपम उदाहरण प्रस्तुत गरे।
पिया सिंहले नेपालका भक्तजनहरूलाई वस्त्र तथा रुद्राक्षको माला प्रदान गरी सम्मान व्यक्त गरे। साथै, ढिलाइका कारण नेपाल फर्कन भक्तजनहरूले भोग्नुपरेका कठिनाइहरू समाधान गर्न समेत सहयोग पुर्याइएको थियो।
प्रहरी प्रशासनको यस प्रशंसनीय कार्यको वीरगंज क्षेत्रमा व्यापक प्रशंसा भइरहेको छ। यस पहलले नेपाल र भारतबीचको आध्यात्मिक तथा सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरिएको छ। यस्ता आध्यात्मिक सम्बन्धहरूले आपसी सद्भाव बढाउन सहयोग पुर्याउने र दुवै देशबीच मित्रताको सेतुका रूपमा काम गर्ने अपेक्षा गरिएको छ।









