फाल्गुण १ गते काठमाडौं आइपुग्दै पूर्वराजा ज्ञानेन्द्र शाह, भव्य स्वागतको आह्वान

 

काठमाडौं — पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव फाल्गुण १ गते शुक्रबार बिहान ११:३० बजे झापाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा आगमन गर्ने कार्यक्रम तय भएको छ।

 

नेपाल राष्ट्रवाद संघका केन्द्रीय अध्यक्ष जनकलाल शाहद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिअनुसार पूर्वराजा ज्ञानेन्द्र शाहको आगमनको अवसरमा भव्य स्वागत कार्यक्रम आयोजना गरिने भएको छ। विज्ञप्तिमा सम्पूर्ण देशभक्त नेपाली नागरिकलाई उपस्थित भई सम्मानसाथ स्वागत गर्न हार्दिक आह्वान गरिएको छ।

संघले पूर्वराजा शाहको आगमनलाई राष्ट्रिय एकता, देशप्रेम तथा ऐतिहासिक सम्मानको प्रतीकका रूपमा लिँदै कार्यक्रमलाई सभ्य, शान्तिपूर्ण र अनुशासित ढंगले सम्पन्न गर्ने जनाएको छ।

कार्यक्रमको तयारी तीव्र रूपमा भइरहेको बताइँदै समर्थक तथा शुभेच्छुकहरूमा उत्साह बढिरहेको देखिएको छ।

 

 

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित