वीरगंज/२३ माघ — नेकपा एमालेको वीरगंज महानगरपालिका वार्ड नं १७ अलौं गाउँकमिटीको आयोजनामा तथा पुर्व संविधान सभा सदस्य विचारी यादवको प्रमुख आतिथ्यमा भव्य पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा एमाले पार्टि छोडि नेकपा समाजबादीमा गएका अलौंकै पुरानो नेता कृष्णदेव यादव लाई परमुख अतिथी विचारी यादवलाई टिका गौछा ओढाई पार्टि प्रवेश गराउदै विभिन्न दल त्यागेका स्थानीय प्रभावशाली सयौं नेताहरू एमालेमा समाहित भएपछि वीरगंज -१७ अलौंको राजनीतिक माहोल थप सक्रिय बनेको छ।
कार्यक्रममा नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नं २ का क्षेत्रीय संयोजक मनोज कुमार कुशवाहाले कार्यक्रमलाई सम्बोधन गर्दै भने वीरगंज महानगर,बहुदरमाई न.पा र परसागढि न.पामा हाम्रो पार्टीबाट निर्वाचित जनप्रतिनिधिको बहुमत रहेकोले हाम्रो नेकपा एमाले पार्टीको क्षेत्र नं २ मा जित हुने दाबि गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका नेताहरूले वर्तमान राजनीतिक परिस्थितिमा स्थिरता, विकास र सुशासनका लागि बलियो नेतृत्व आवश्यक रहेको बताएका थिए। उम्मेदवार रिमा यादवले आफू जनताको समस्या समाधानमा केन्द्रित रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्ने उल्लेख गरिन्।
उनले अलौसहित पर्सा–२ का विभिन्न स्थानमा सडक, पूर्वाधार र युवाका अवसरसम्बन्धी समस्या अझै समाधान हुन नसकेको भन्दै जनताको विश्वास जितेर परिवर्तनको अभियान अघि बढाउने बताइन्। कार्यक्रममा सहभागी युवाहरूले नयाँ सोच र परिणाममुखी नेतृत्वको आवश्यकता रहेको भन्दै उम्मेदवार यादवप्रति समर्थन व्यक्त गरेका थिए।
कार्यक्रम वीरगंज महानगरपालिक वार्ड नं १७ अलौंका वडा अध्यक्ष तथा नेकपा एमालेका नेता संजिव क्षेत्रीको अध्यक्षतामा एंव पर्ब संविधान सभा सदस्य विचारी यादवको प्रमुख अतिथिमा भएको कार्यक्रममा विशिष्ट अतिथी वीरगंज महानगरपालिका पुर्व नगरप्रमुख विजय सरावगी,ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति तथा युवा नेता मुकेश द्विवेदी, पार्टिका नेता अफजल अंसारी,उसमान अंसारी,नेसार शेख,अमोद यादवको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो।









