नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

 

वीरगंज – २३ माघ २०८२

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल र मानवसेवा आश्रम, वीरगञ्जबीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौता (MOU) औपचारिक रूपमा सम्पन्न भएको छ। उक्त सम्झौता २०८२ साल माघ २३ गते नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको केन्द्रीय कार्यालय, वीरगंज –१५, पर्सामा हस्ताक्षर गरिएको हो।

सम्झौताअनुसार मानवसेवा आश्रमद्वारा उद्धार गरिएका असहाय, बेसहारा, मानसिक तथा शारीरिक रूपमा अशक्त व्यक्तिहरू, साथै आश्रमका कर्मचारी तथा आश्रितहरूलाई नेशनल मेडिकल कलेजले आवश्यक स्वास्थ्य परीक्षण, उपचार, आपतकालीन सेवा तथा अन्य चिकित्सकीय परामर्शहरू विशेष सहुलियतसहित प्रदान गर्नेछ।

default

सम्झौतामा नेशनल मेडिकल कलेज प्रा.लि.का तर्फबाट अध्यक्ष प्रा.डा. जैनुदिन अन्सारी, र मानवसेवा आश्रमका तर्फबाट संरक्षक श्री देवेश प्रसादले हस्ताक्षर गर्नुभयो।

कार्यक्रममा नेशनल मेडिकल कलेजका व्यवस्थापकीय निर्देशक श्री सहनवाज अन्सारी, CIO ई. प्रदीप कुमार चौधरी, प्रशासन अधिकृत पप्पु सिंह, मधेश विश्वविद्यालयका उप–डिन तथा वीरगञ्ज पब्लिक कलेजका संस्थापक प्रा.डा. दीपक शाक्य, तथा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष लगायतको उपस्थिति थियो।

यस सहकार्यले समाजका असहाय, सेवावञ्चित तथा कमजोर वर्गका नागरिकले सुलभ, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने विश्वास लिइएको छ। नेशनल मेडिकल कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत सेवा मात्र होइन—‘सेवा भन्दा पनि पर’ (Service Beyond) भन्ने भावनाका साथ समुदायमै केन्द्रित स्वास्थ्य सेवा विस्तार गर्न प्रतिबद्धता व्यक्त गरेको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित