केडिया स्मृति फुटबल: मूनलाइट र लिटल फ्लावर सेमिफाइनलमा

 

 

 

वीरगंज ०७ माघ

डी.ए.भी. आर.बी. केडिया स्कूलद्वारा सञ्चालित श्री शंकरलाल केडिया स्मृति अन्तर–विद्यालय फुटबल प्रतियोगिता २०८२ अन्तर्गत आज सम्पन्न खेलहरूमा प्रतिस्पर्धात्मक तथा रोमाञ्चक प्रदर्शन देखिएको छ।

आजको पहिलो खेलमा मूनलाइट सेकेन्डरी स्कूलले उत्कृष्ट खेल प्रस्तुत गर्दै मोडर्न हाई स्कूललाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ। खेलको सुरुवातदेखि नै आक्रामक रणनीति अपनाएको मूनलाइटले खेलभरि नियन्त्रण कायम राख्दै सहज जित दर्ता गर्‍यो। उक्त खेलमा मूनलाइट सेकेन्डरी स्कूलका अबुलेश गद्दी प्रभावशाली प्रदर्शनका कारण म्यान अफ द म्याच घोषित भए।

त्यसैगरी, दोस्रो खेलमा लिटल फ्लावर स्कूलले डी.ए.भी. स्कूललाई ६–२ गोलको अन्तरले पराजित गरेको छ। दुबै टोलीबीच प्रतिस्पर्धात्मक खेल भए पनि लिटल फ्लावरले आक्रामक खेल शैलीका कारण स्पष्ट जित हासिल गर्न सफल भयो। उक्त खेलमा लिटल फ्लावर स्कूलका दीपक यादव म्यान अफ द म्याच घोषित भए।

आज सम्पन्न खेलहरूको नतिजासँगै मूनलाइट सेकेन्डरी स्कूल र लिटल फ्लावर स्कूल प्रतियोगिताको सेमिफाइनल चरणमा प्रवेश गरेका छन्। प्रतियोगिताका आगामी खेलहरू अझै रोमाञ्चक हुने अपेक्षा आयोजकले व्यक्त गरेका छन्।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित