मुनलाइट सेकेन्डरी स्कूलको शानदार सुरुवात, नेपाल कावेरी एकेडेमीमाथि ६–१ को फराकिलो जित

 

अभिलाष गुप्ता

वीरगञ्ज ०४ माघ

 

डी.ए.भी. आर.बी. केडिया स्कूलद्वारा सञ्चालित “श्री शंकरलाल केडिया स्मृति अन्तर–विद्यालय फुटबल प्रतियोगिता २०८२” अन्तर्गत आज सम्पन्न पहिलो खेलमा मुनलाइट सेकेन्डरी स्कूल ले उत्कृष्ट प्रदर्शन गर्दै नेपाल कावेरी एकेडेमी लाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ।

 

खेलको सुरुवातदेखि नै आक्रामक रणनीति अपनाएको मुनलाइट सेकेन्डरी स्कूलले बलमाथि नियन्त्रण कायम राख्दै लगातार आक्रमणहरू गर्‍यो। पहिलो हाफमै स्पष्ट अग्रता बनाएको मुनलाइटले दोस्रो हाफमा पनि आफ्नो लय कायम राख्दै थप गोल गर्न सफल भयो।

 

नेपाल कावेरी एकेडेमीले एक गोल फर्काए पनि मुनलाइटको संगठित टिमवर्क र आक्रामक खेलशैलीअगाडि टिक्न सकेन।खेलमा मुनलाइट सेकेन्डरी स्कूलका सुरेश मुखिया ले शानदार व्यक्तिगत प्रदर्शन गर्दै निर्णायक भूमिका खेले। उनको उत्कृष्ट खेलकै आधारमा उनलाई “म्यान अफ द म्याच” को उपाधिबाट सम्मानित गरिएको हो।

 

प्रतियोगिताको पहिलो खेलमै दर्शकहरूलाई रोमाञ्चक खेलको अनुभूति दिलाएको यस प्रतिस्पर्धाले आगामी खेलहरू अझ प्रतिस्पर्धात्मक र उत्साहजनक हुने अपेक्षा गरिएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित