आइजीपी कार्कीद्वारा मानव सेवा आश्रममा सहयोग

अभिलाष गुप्ता

वीरगंज, ०२ माघ — नेपाल प्रहरी प्रमुख (आइजीपी) दानबहादुर कार्कीले वीरगंज –२५ सिरिसियामा अवस्थित मानव सेवा आश्रम वीरगञ्ज शाखामा आश्रित आमाबुवाहरूका लागि दिउँसोको खाजा सेवा प्रदान गर्नुका साथै खाद्यान्न सामग्री र नगद १० हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ।

उहाँसँगै मधेस प्रदेश प्रहरी प्रमुख गोविन्द थपलिया र पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकको समेत उपस्थितिमा सहयोग कार्यक्रम सम्पन्न भएको हो।

 

मानव सेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ताले समाजका असहाय, बेसहारा तथा त्यागिएका आमाबुवाहरूको सेवामा प्रहरी नेतृत्वबाट प्राप्त सहयोगले आश्रम परिवारलाई थप हौसला मिलेको बताउनुभयो।

 

कार्यक्रमलाई सम्बोधन गर्दै आइजीपी कार्कीले मानव सेवा आश्रमले समाजका उपेक्षित नागरिकहरूका लागि गर्दै आएको सेवा अत्यन्तै सराहनीय रहेको उल्लेख गर्नुभयो। साथै, नेपाल प्रहरीले आश्रममा २४ घण्टा प्रहरीको व्यवस्था मिलाइसकेको र आगामी दिनमा पनि आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रहरी निरीक्षक निरोज चौलागाईं, आश्रमका अभिभावक, चिकित्सक, स्वयंसेवक तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

सामाजिक सेवामा प्रहरी प्रशासनको सक्रिय सहभागिताले मानव सेवा आश्रमजस्ता संस्थाहरूलाई थप सशक्त बनाउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।

 

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित