रोट्र्याक्ट र इन्टरएक्ट क्लबद्वारा ‘आमा को माया’ छात्रावासमा न्यानो सामग्री वितरण

अभिलाष गुप्ता

वीरगंज/ १६ पुस

 

रोट्र्याक्ट क्लब अफ वीरगंज महानगर र डिएभी स्कूलको इन्टरएक्ट क्लबको संयुक्त आयोजनामा वीरगञ्जस्थित आमा को माया छात्रावास मा न्यानो सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमअन्तर्गत छात्रावासका बालबालिकालाई २६ थान थर्मस, मोजा र पञ्जा वितरण गरिएको आयोजक आलोक यादवले जानकारी दिनुभयो। कार्यक्रमको प्रायोजन प्रकाश कर्णले गर्नुभएको थियो।

 

कार्यक्रमका प्रमुख अतिथिका रूपमा प्याब्सन वीरगञ्जका अध्यक्ष राहुल श्रीवास्तव उपस्थित हुनुहुन्थ्यो। विशेष अतिथिहरूमा रोट्र्याक्ट क्लब अफ वीरगञ्ज महानगरका अध्यक्ष रामविनय यादव, डिएभी स्कूल इन्टरएक्ट क्लबकी अध्यक्ष नव्या खेतान, यूथ सर्भ सोसाइटीका अध्यक्ष नाकुल गुप्ता, रोट्र्याक्ट क्लबका पूर्व अध्यक्ष आलोक रजक कर्ण, उपाध्यक्ष अञ्जली गर्ग, रोहन गुप्ता तथा हरिशंकर साह सहभागी हुनुहुन्थ्यो।

त्यसैगरी, डिएभी स्कूल इन्टरएक्ट क्लबका सदस्यहरू जेसिका यादव, मोहित मित्रुका, रिपु सिंह, प्रणव राज कर्ण र सिद्धार्थ शर्मा पनि कार्यक्रममा उपस्थित थिए।

 

कार्यक्रममा बोल्ने वक्ताहरूले समाजसेवामूलक गतिविधिले समुदायमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। आयोजक संस्थाहरूले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।

 

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित