श्री राम मन्दिरको तेस्रो वार्षिक उत्सवमा माइस्थान मन्दिर परिसर सरसफाइ

 

अभिलाष गुप्ता

वीरगञ्ज १६ पौष

 

श्री राम मन्दिरको तेस्रो वार्षिक उत्सवको अवसरमा आज माइस्थान मन्दिर परिसरमा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। वडा प्रहरी कार्यालय विर्ताका प्रहरी प्रमुख बिक्रम सुबेदीको विशेष उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र मिनीबजार,सशस्त्र प्रहरी बल नेपाल, वीरगञ्ज महानगरपालिकाका कर्मचारीहरू तथा सनातनी श्रद्धालुहरूको सक्रिय सहभागिता रहेको थियो।

 

धार्मिक तथा सांस्कृतिक स्थलको स्वच्छता र संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस सरसफाइ अभियानमा मन्दिर परिसर र वरपरका सार्वजनिक स्थानहरू सफा गरिनुका साथै फोहोर व्यवस्थापनबारे सचेतनामूलक सन्देश पनि दिइएको थियो।

 

कार्यक्रमको अगुवाइ सामुदायिक प्रहरी सेवा केन्द्र मिनीबजारका उपाध्यक्ष प्रवेश सर्राफले गरेका थिए। कार्यक्रममा वडा प्रहरी कार्यालय विर्ता, सशस्त्र प्रहरी बल, वीरगञ्ज महानगरपालिकाका कर्मचारीहरूका साथै स्थानीय समुदायको उल्लेखनीय उपस्थिति देखिएको थियो। सरसफाइ अभियानमा अमर सर्राफ, रमिता माया गुप्ता तथा माइस्थान क्षेत्रका युवाहरूको विशेष सहभागिता रहेको आयोजकले जानकारी दिएका छन्।

 

कार्यक्रम समापनमा आयोजक सामुदायिक प्रहरी सेवा केन्द्र मिनीबजारले यस पुण्य कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ। धार्मिक स्थलको स्वच्छता र सुन्दरता कायम राख्न यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित