वीरगञज। पुर्व श्री ५ युवराजाधिराज पारस वीर विक्रम शाहदेवको ५६औँ शुभ जन्मोत्सवको अवसरमा वीरगञ्जमा विशेष कार्यक्रम सम्पन्न भएको छ।
नेपाल राष्ट्रवाद संघ केन्द्रीय कार्यालय वीरगञ्जको आयोजनामा वीरगञ्ज स्थित ऐतिहासिक घण्टाघर चोकमा पुर्व श्री ५ युवराजाधिराज पारस वीर विक्रम शाहदेवको तस्विरमा माल्यार्पण गरी शुभकामना व्यक्त गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रवाद संघका केन्द्रीय अध्यक्ष जनकलाल शाहले माल्यार्पण गरी जन्मोत्सवको शुभकामना व्यक्त गर्नुभयो। उहाँले यस अवसरमा यो देशमा राजाको आवश्यकता रहेको बताउँदै राष्ट्रिय चेतना, इतिहास र पहिचान संरक्षणको महत्वबारे धारणा राख्नुभयो।

कार्यक्रममा संघका केन्द्रीय तथा स्थानीय पदाधिकारी, सदस्यहरू साथै विभिन्न प्रतिनिधि सहभागीहरू उपस्थित थिए। सहभागीहरूमा संगिता देवी साह, उमाशंकर कलवार, राजेन्द्र पाल, पृथ्वी झा, संतोष कुमार, हरेराम प्रसाद, बिष्णु कुमार, राधाकृष्ण चौहान, हरिन्द्र राउत, चुलाइ मिया, ईदा मिया, रामनारायण साह, दिपेन्द्र रौनियार, धुरेन्द्र पटेल, राजेश चौहान, मदन ठाकुर हजाम, लालसा देवी, कमल घिमिरे, अनु राणा लगायतले माल्यार्पण गरी जन्मोत्सवको शुभकामना व्यक्त गरेका थिए।
आयोजकका अनुसार यस्ता कार्यक्रमहरूले राष्ट्रिय भावना अभिवृद्धि गर्नुका साथै ऐतिहासिक मूल्य–मान्यताको संरक्षणमा योगदान पुर्याउने विश्वास लिइएको छ।









