प्याब्सन टी–१० क्रिकेट प्रतियोगिता : आठौँ दिन पाँच खेल सम्पन्न, विद्यालयस्तरीय खेलाडीको उत्कृष्ट प्रदर्शन

 

 

 

अभिलाष गुप्ता

वीरगञ्ज ०९ पौष

 

निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा सञ्चालन भइरहेको दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एन्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत पुस ९ गते आठौँ दिन पाँच वटा रोमाञ्चक खेलहरू सम्पन्न भएका छन्। आदर्शनगरस्थित क्रिकेट मैदानमा सम्पन्न खेलहरूमा छात्रा तथा जुनियर छात्र दुवै तर्फका विद्यालय टोलीहरूले उत्कृष्ट प्रदर्शन प्रस्तुत गरेका छन्।

 

आठौँ दिनको पहिलो खेल (जुनियर छात्र) कालीकमाई स्कुल र सुर्योदय सेकेन्डरी स्कुलबीच सम्पन्न भयो। टस जितेर ब्याटिङ गरेको कालीकमाई स्कुललाई सीमित रनमै रोक्दै सुर्योदय सेकेन्डरी स्कुलले ७ विकेटको सहज जित हात पार्‍यो। यस खेलमा उत्कृष्ट प्रदर्शन गरेका रोहन ठाकुर म्यान अफ द म्याच घोषित भए।

 

दोस्रो खेल (छात्रा) रोयल एकेडेमी र नवदीप एकेडेमीबीच खेलिएको थियो। उत्कृष्ट बलिङ र अनुशासित ब्याटिङको प्रदर्शन गर्दै रोयल एकेडेमीले ९ विकेटको फराकिलो जित दर्ता गर्‍यो। टोलीको जितमा निर्णायक भूमिका खेलेकी सोनी कुमारी म्यान अफ द म्याच घोषित भइन्।

 

तेस्रो खेल (जुनियर छात्र) ज्ञान वाटिका स्कुल र मिनिल्यान्ड सेकेन्डरी बोर्डिङ स्कुलबीच सम्पन्न भयो। प्रतिस्पर्धात्मक खेलमा ज्ञान वाटिका स्कुलले ७ विकेटको जित निकाल्न सफल भयो। उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका आयान अली म्यान अफ द म्याच बने।

 

चौथो खेल (छात्रा) लिटल फ्लावर सेकेन्डरी स्कुल र मुनलाइट एकेडेमीबीच खेलिएको थियो। रोमाञ्चक प्रतिस्पर्धापछि लिटल फ्लावर सेकेन्डरी स्कुलले ५ विकेटको जित हात पार्‍यो। टोलीको जितमा महत्वपूर्ण योगदान पुर्‍याएकी अर्चना ठाकुर म्यान अफ द म्याच घोषित भइन्।

 

आठौँ दिनको अन्तिम खेल (जुनियर छात्र) सेन्ट जेभियर्स र गोल्डेन फ्युचरबीच सम्पन्न भयो। उत्कृष्ट ब्याटिङ र सशक्त बलिङ प्रदर्शन गर्दै गोल्डेन फ्युचरले ८ विकेटको शानदार जित दर्ता गर्‍यो। यस खेलमा नितेश कुशवाहा म्यान अफ द म्याच घोषित भए।

 

आयोजक प्याब्सन वीरगञ्जका अनुसार प्रतियोगिताले विद्यालयस्तरका छात्रा तथा जुनियर छात्र खेलाडीहरूको खेल प्रतिभा उजागर गर्न महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ। सहभागी विद्यालय, खेलाडी, प्रशिक्षक तथा अभिभावकहरूको उल्लेखनीय सहभागिताले प्रतियोगितालाई थप उत्साहपूर्ण बनाएको आयोजकले जनाएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित