प्याब्सन टी–१० क्रिकेट : सातौँ दिन पाँच खेल सम्पन्न, विद्यालयस्तरीय खेलाडीको उत्कृष्ट प्रदर्शन

 

 

अभिलाष गुप्ता

वीरगंज ०८ पौष

 

निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगंजको आयोजनामा सञ्चालन भइरहेको दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एन्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत मङ्गलबार सातौँ दिन पाँच वटा रोमाञ्चक खेलहरू सम्पन्न भएका छन्।

 

सातौँ दिनको पहिलो खेल छात्रातर्फ गुरुकुल एकेडेमी र सनशाइन एकेडेमीबीच सम्पन्न भयो। प्रतिस्पर्धात्मक खेलमा गुरुकुल एकेडेमीले सनशाइन एकेडेमीलाई ८ रनले पराजित गर्दै जित हात पार्‍यो। उक्त खेलमा अग्रदा झा प्लेयर अफ द म्याच घोषित भइन्।

दोस्रो खेल छात्रातर्फ एस.आर. ग्यालेक्सी एकेडेमी र ज्ञान वाटिकाबीच भएको थियो। खेलमा एस.आर. ग्यालेक्सी एकेडेमीले १३ रनको जित दर्ता गर्‍यो। यस खेलकी प्लेयर अफ द म्याच रागिनी कुशवाहा घोषित भइन्।

तेस्रो खेल जुनियर छात्रतर्फ डोल्फिन एकेडेमी र फुर्कान एकेडेमीबीच सम्पन्न भयो। खेलमा फुर्कान एकेडेमीले ६० रनको फराकिलो जित हासिल गर्‍यो। उक्त खेलका प्लेयर अफ द म्याच सेइख हबीबुल्लाह बने।

 

चौथो खेल जुनियर छात्रतर्फ अल्पाइन हाई स्कुल र एस.आर. ग्यालेक्सी एकेडेमीबीच भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एस.आर. ग्यालेक्सी एकेडेमीले ३ विकेटले जित दर्ता गर्‍यो। यस खेलका प्लेयर अफ द म्याच रितिक कुशवाहा घोषित भए।

 

सातौँ दिनको अन्तिम खेल छात्रातर्फ साउथ जोन सेकेन्डरी स्कुल र लिटल एन्जेल्स सेकेन्डरी स्कुलबीच सम्पन्न भयो। खेलमा साउथ जोन सेकेन्डरी स्कुलले ८१ रनको शानदार जित हात पार्‍यो। उक्त खेलकी प्लेयर अफ द म्याच सिवानी साह घोषित भइन्।

 

आयोजकका अनुसार सातौँ दिनका खेलहरूले प्रतियोगितालाई थप रोमाञ्चक बनाएको छ। वीरगञ्जमा सञ्चालन भइरहेको यस प्रतियोगिताले विद्यालयस्तरका छात्रा तथा जुनियर छात्र खेलाडीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित