सिरहा सेवा समाज, कतारद्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग

 

 

रामबाबु यादव

 

सिरहा । मानविय सेवाको उदाहरण प्रस्तुत गर्दै सिरहा सेवा समाज, कतार ले क्यान्सर रोगबाट पीडित सिरहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ निवासी राम वृक्ष दासलाई नेपाली रुपैयाँ २०,१०५ आर्थिक सहयोग प्रदान गरेको छ।

 

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम जिल्ला समन्वय समिति, सिरहाका प्रमुख श्री दिनेश कुमार महतोको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। वडा अध्यक्ष श्री राम भरोस महतोको रोहबरमा पीडित दासलाई सहयोग रकम हस्तान्तरण गरिएको हो।

कार्यक्रममा सिरहा सेवा समाज, कतारका शिवकुमार महतो, सल्लाहकार सियाराम यादव, मिडिया को–अर्डिनेटर शिवकुमार यादव, सदस्यहरू अर्जुन यादव, बालेश्वर यादव, सचिवसहित कार्यसमितिका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै स्थानीय जनप्रतिनिधि तथा समाजसेवीहरूको पनि सहभागिता रहेको थियो।

 

कतारबाट नेपाल आएका क्रममा समाजका अन्य सदस्यहरूको समेत उपस्थितिले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो। समाजको तर्फबाट वाहनसहितको व्यवस्थापनले कार्यक्रमलाई व्यवस्थित र मर्यादित बनाएको सहभागीहरूले बताएका छन्।

 

कार्यक्रममा वक्ताहरूले “मानवता नै सबैभन्दा ठूलो धर्म हो” भन्ने सन्देश दिँदै यस्ता सहयोग कार्यले पीडितहरूलाई ठूलो राहत पुग्ने बताएका थिए। सहयोग प्राप्त गरेपछि पीडित राम वृक्ष दासले सिरहा सेवा समाज, कतारप्रति आभार व्यक्त गरेका थिए।

 

सिरहा सेवा समाज, कतारले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

सिरहा सेवा समाज,का अध्यक्ष श्री जय प्रकाश यादव ज्यु ले जानकारी गराउनुभाको छ

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित