अन्तर्राष्ट्रिय टायक्वान्डो प्रतियोगितामा सनराइज डोजाङ्गका खेलाडीहरूको उत्कृष्ट प्रदर्शन

 

 

 

अभिलाष गुप्ता

वीरगंज ०६ पौष

 

भारतको कालीपुङ्गमा हालै सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय टायक्वान्डो प्रतियोगिता मा नेपालबाट सहभागी भएका बिरगंजस्थित सनराइज टायक्वान्डो डोजाङ्ग का खेलाडीहरूले उल्लेखनीय सफलता हासिल गरेका छन्।

 

प्रतियोगितामा सहभागी चार खेलाडीमध्ये तीन जनाले स्वर्ण पदक जित्न सफल भएका छन् भने एक खेलाडीले तृतीय स्थान (कांस्य पदक) हासिल गरेका छन्।अन्तर्राष्ट्रिय स्तरका विभिन्न देशका खेलाडीहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा सनराइज टायक्वान्डो डोजाङ्गका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको मात्र नभई पर्सा जिल्लाको खेल क्षेत्रमा समेत गौरव बढाएका छन्।

 

प्रतियोगिताको समापन समारोहमा भारत टायक्वान्डो फेडेरेसनका जनरल सेक्रेटरी स्वयं उपस्थित भई रञ्जितकार, स्वास्तिक श्रेष्ठ र सिवान्स गुप्ता लगायत स्वर्ण पदक विजेताहरूलाई स्वर्ण पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए।

 

डोजाङ्गका प्रमुख प्रशिक्षक राजेन्द्र साही का अनुसार खेलाडीहरूको यो सफलता निरन्तर अभ्यास, अनुशासन र कडा मेहनतको परिणाम हो। उनले भविष्यमा अझ ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत डोजाङ्गका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।

यस उपलब्धिले स्थानीय खेलाडीहरूमा थप उत्साह र प्रेरणा बढाएको छ भने टायक्वान्डो खेलको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित