सद्व्यवहार पुष्प चिन्तनको सुरम्य वातावरणमा सुगन्ध फैलाउँछ : बिमल सर्राफ

 

रक्सौल/पूर्वी चम्पारण

 

सद्व्यवहार त्यो पुष्प जस्तै हो, जो शुद्ध र दृढ चरित्ररूपी वृक्षमा फुल्छ। उक्त विचार लायन्स क्लब अफ रक्सौलका अध्यक्ष, मिडिया प्रभारी तथा सामाजिक अभियन्ता लायन बिमल सर्राफले सञ्चारकर्मीसँग व्यक्त गर्नुभएको हो।

 

उहाँका अनुसार सद्व्यवहार चिन्तनको सुरम्य वातावरणमा सुगन्ध फैलाउने तत्व हो, जुन कोमल भावनाबाट पोषित हुन्छ। व्यवहार शिष्टता, शालीनता, विनम्रता लगायत अनेक सद्गुणहरूको समष्टि हो। जसमा यो अमूल्य सम्पदा हुन्छ, त्यस्ता व्यक्तिको सामाजिक व्यवहार स्वाभाविक रूपमा उत्कृष्ट हुन्छ।

 

व्यवहारकुशल व्यक्तिको सफलता सुनिश्चित हुने उल्लेख गर्दै सर्राफले भन्नुभयो, “सफलता उसका चरण चुम्छ, र असफलतासमेत उसकै लागि सिकाइ बन्छ, किनकि त्यसले आफ्ना व्यवहारिक कमजोरी र त्रुटिहरूप्रति सजग बनाउँछ।” व्यवहारकै कारण आफ्ना–पराया छुट्याउने भावना हटेर परायालाई पनि आफ्नै बनाउने चमत्कार सम्भव हुने उहाँको भनाइ छ।

 

मधुर व्यवहारले पशु–पंक्षीसम्म प्रभावित हुने उल्लेख गर्दै उहाँले मानिसको हृदय जित्न त झनै सहज हुने बताउनुभयो। अन्तरभावना प्रस्फुटित हुँदा हृदय माखनझैँ कोमल बन्छ र वाणी तथा व्यवहारमा अमृत झरिरहन्छ। व्यवहारको शालीनताले अरूलाई मात्र प्रसन्न बनाउँदैन, ओठमा मुस्कान ल्याउँछ, स्वयंलाई पनि आनन्दित बनाउँछ।

 

पारसमणिको अस्तित्व स्वीकार गरौँ वा नगरौँ, तर आफूभित्र रहेको व्यवहाररूपी पारसमणिबाट वरपरका सबैलाई ‘स्वर्णमण्डित’ अर्थात् आफ्नै बनाउन सकिने उहाँको भनाइ छ। यही लौकिक सामाजिक व्यवहारको गुप्त रहस्य र दिव्य मन्त्र हो, जसलाई हृदयमा आत्मसात् गरे सफलता र महानता प्राप्त गर्न सकिने सर्राफले बताउनुभयो।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित