रामबाबु यादव
दोहा, कतार — सिराहा सेवा समाज कतारले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा आगामी १२ डिसेम्बर २०२५ मा एक विशेष रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। समाजले कतारमा रहेका सम्पूर्ण नेपाली तथा , मधेस क्षेत्रका संघ–संस्था, समाजसेवी तथा इच्छुक दाताहरूलाई कार्यक्रममा सहभागी भई मानव सेवामा योगदान दिन आग्रह गरेको छ।
कार्यक्रम “Donate Blood, Save Life” भन्ने मुल नाराका साथ हामाद अस्पतालको ब्लड डोनेट सेन्टरमा सञ्चालन हुने छ।
रक्तदान कार्यक्रम बिहान ८ बजेदेखि १२ बजेसम्म चल्नेछ।
आयोजनाको मुख्य जिम्मेवारी सिरहा सेवा समाज कतारले वहन गरेको छ भने कार्यक्रमको समन्वय नेपाली रक्तदाता संघ कतारले गर्दै आएको छ।
समाजले रक्तदानलाई मानवीय सेवालाई समर्पित महान कार्यको रूपमा हेरिएको बताउँदै सबै दाताहरूलाई सहर्ष सहभागी हुन आह्वान गरेको छ।
सिरहा सेवा समाज कतारले जीवन बचाउने यस अभियानमा सहभागी हुने सबैप्रति अग्रिम धन्यवाद तथा आभार व्यक्त गरेको छ।









