छिपहरमाईमा एमालेबाट अध्यक्षका उम्मेदवारका रूपमा मन्दिप कुमार गुप्ता अघि सारिए

वीरगंज/ पर्साको छिपहरमाई गाउँपालिकामा आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) ले अध्यक्ष पदका लागि मन्दिप कुमार गुप्तालाई उम्मेदवारका रूपमा अघि सारेको छ।

मन्दिप वर्तमान गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताका छोरा हुन्। उनको उम्मेदवारीसँगै छिपहरमाई गाउँपालिकाको स्थानीय राजनीतिक माहोल थप चर्चामा आएको छ।

अध्यक्ष पदका उम्मेदवार गुप्ताले गाउँपालिकाको विकास, सुशासन, पारदर्शिता तथा जनताको अपेक्षालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनको उम्मेदवारीलाई स्थानीय राजनीतिमा युवा नेतृत्वको प्रवेशका रूपमा हेरिएको छ। आगामी निर्वाचनमा उनले मतदाताको विश्वास र समर्थन कत्तिको प्राप्त गर्न सक्छन् भन्ने विषयले छिपहरमाईको चुनावी माहोललाई थप चासोपूर्ण बनाएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित