हरिकिशोर शर्मा / कार्तिक ७, जिराभवानी, पर्सा।
“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ गडुवालाइन युवा समाजको आयोजनामा चौथो समाजसेवी स्वर्गीय भरत कुमार घिमिरे स्मृति गडुवालाइन गोल्डकप २०८३ को उद्घाटन गरिएको छ।
उद्घाटन कार्यक्रममा मधेश प्रदेशका वन तथा वातावरणमन्त्री शंकरप्रसाद चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष गोकुली रेग्मी, ठोरी गाउँपालिका–५ का वडाध्यक्ष अष्टबहादुर लोप्चन, वडा नं. ४ का मानबहादुर थिङ, शम्भु खड्का, माधव बस्नेत, धनबहादुर बस्नेत, पूर्व गाविसका लेखमान थापा, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि देविप्रसाद दहाललगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बिमल खड्काले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन डा. रमेशराज थिङले गर्नुभएको थियो।
प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा जिराभवानी गाउँपालिका–१ स्थित पकडीटोलका युवा समाजको टोलीले लामा युवा क्लब गडुवालाइनलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ। पकडीटोलको टोलीले दुई गोल गर्दै जित हासिल गरेको हो।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका जर्सी नम्बर १६ का आरएन चौधरीलाई आजको खेलको म्यान अफ द म्याच घोषित गरिएको छ।
स्थानीय क्षेत्रमा खेलकुदको विकास, युवाको प्रतिभा पहिचान तथा समाजसेवी स्वर्गीय भरत कुमार घिमिरेको स्मृतिलाई निरन्तरता दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।









