गरुडामा अग्रगामी मोर्चाको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

 

दिपेश कु शाह , रौतहट । रौतहटको गरुडा नगरपालिकामा अग्रगामी मोर्चाको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। मधेस प्रदेशको राजनीतिक अवस्था, समसामयिक विषय तथा आगामी राजनीतिक दिशाबारे छलफल गर्दै कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता जसपा नेपालका मधेस प्रदेश कार्यकारिणी समिति सदस्य अनिल यादवले गरेका थिए। कार्यक्रममा आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहलगायत विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष प्रभु साहले देशको वर्तमान राजनीतिक अवस्था, सरकारको कार्यशैली र राजनीतिक दलहरूको भूमिकाबारे आफ्नो धारणा राखेका थिए। उनले राजनीतिक दलहरूले जनताको वास्तविक समस्या र आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए।

सम्बोधनका क्रममा साहले राजनीतिक नेतृत्वको ध्यान जनताको जीवनस्तर सुधार, विकास निर्माण तथा सुशासनतर्फ केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे। उनले वर्तमान राजनीतिक गतिविधि र नेतृत्वको कार्यशैलीबारे प्रश्न उठाउँदै जनताप्रति जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याएका थिए।

कार्यक्रममा वक्ताहरूले राजनीतिक दलहरूबीच विचार विमर्श, आपसी संवाद र जनताका मुद्दामा केन्द्रित भएर अघि बढ्नुपर्ने बताएका थिए। शुभकामना आदानप्रदानसँगै समसामयिक राजनीतिक विषयमा विचार व्यक्त गरिएको आयोजकले जनाएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित