जगरनाथपुर। पर्साको जगरनाथपुर गाउँपालिका–६, प्रसौनी गाउँको दक्षिणपट्टि गण्डक नहरको छेउमा रहेको चिया पसलका सञ्चालक गोरख राउत कुर्मीलाई समाजसेवी बिजेश्वरप्रसाद चौधरीले ७ थान कुर्सी सहयोग गरेका छन्।
उक्त चिया पसलमा दिनप्रतिदिन चियाको स्वाद लिन आउने ग्राहकको भीड बढ्दै गएपछि बस्नका लागि पर्याप्त कुर्सी नहुँदा समस्या हुँदै आएको थियो। ग्राहकलाई बस्न सहज होस् भन्ने उद्देश्यले स्थानीयवासीहरूले पसलका लागि केही थान कुर्सी सहयोग गरिदिन समाजसेवी चौधरीलाई आग्रह गरेका थिए।
स्थानीयवासीको आग्रहलाई सकारात्मक रूपमा लिँदै चौधरीले आफ्नो तर्फबाट ७ थान कुर्सी उपलब्ध गराएका हुन्। कुर्सी सहयोग प्राप्त भएपछि चिया पसलमा आउने ग्राहकलाई बस्न सहज भएको छ।
समाजसेवी चौधरीको यस सहयोगले स्थानीयस्तरमा सामाजिक सद्भाव र सहयोगको भावना अभिवृद्धि गर्न योगदान पुगेको स्थानीयवासीले बताएका छन्। सानो सहयोगले पनि स्थानीय व्यवसायी तथा सर्वसाधारणको दैनिक जीवनमा सहजता ल्याउन सक्ने यस कार्यले सकारात्मक सन्देश दिएको









