पर्सा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. अशोक रामद्वारा कार्यभार सम्हाल्दै संरक्षण र व्यवस्थापनलाई प्राथमिकता ।

 

 

हरिकिशोर शर्मा / असोज २८ जिराभवानी, पर्सा।

पर्सा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. अशोक रामले आफ्नो कार्यभार सम्हालेसँगै निकुञ्जअन्तर्गतका पोस्टहरूको व्यवस्थापन, वन क्षेत्रका बाटोघाटोको सरसफाइ तथा आवश्यक सवारीसाधनको मर्मतसम्भारलाई प्राथमिकता दिने बताएका छन्।

निकुञ्जअन्तर्गत चारभैयादेखि रामभौरी भाठा तथा गडुवा पोस्टसम्मका वन क्षेत्रभित्र रहेका बाटोघाटोको सरसफाइ गर्ने कार्यलाई अघि बढाइने उनले बताएका छन्। साथै, गडुवा पोस्टका लागि तत्काल हात्तीको व्यवस्था गरिने र निकुञ्जका प्रत्येक पोस्टमा रहेका सवारीसाधनको आवश्यक मर्मतसम्भार गरिने जानकारीसमेत दिएका छन्।

वन तथा वन्यजन्तु संरक्षणको कामलाई प्रभावकारी बनाउन पोस्टहरूको व्यवस्थापन, कर्मचारीलाई आवश्यक साधनस्रोत उपलब्ध गराउने तथा नियमित गस्ती र निगरानीमा सहजता ल्याउने उद्देश्यले यी कामहरू अघि बढाउन लागिएको जनाइएको छ।

निकुञ्जका विभिन्न पोस्टमा बाटोघाटोको सरसफाइ, हात्तीको व्यवस्था तथा सवारीसाधनको मर्मतसम्भार हुन सकेमा वन्यजन्तुको संरक्षण, चोरीसिकार नियन्त्रण र निकुञ्जको नियमित अनुगमन कार्यमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित