जगरनाथपुरमा विपन्न परिवारलाई श्राद्धकार्यका लागि खाद्यान्न सहयोग

 

पर्सा । पर्साको जगरनाथपुर गाउँपालिका–६ मा एक अति विपन्न परिवारलाई श्राद्धकार्य सम्पन्न गर्न खाद्यान्न सामग्री सहयोग गरिएको छ।

आर्थिक अवस्था कमजोर भएका परिवारलाई परेको कठिन परिस्थितिमा राहत पुर्‍याउने उद्देश्यले बिजेश्वरप्रसाद चौधरीले व्यक्तिगत रूपमा २ बोरा चामल र ३ बोरा चिउरा गरी कुल ५ बोरा खाद्यान्न सामग्री सहयोग गरेका हुन्।

परिवारलाई परेको दुःखको घडीमा गरिएको उक्त सहयोगले श्राद्धकार्य सम्पन्न गर्न केही सहज हुने अपेक्षा गरिएको छ। आर्थिक अभावका कारण समस्यामा परेका परिवारलाई आवश्यक सहयोग गर्नु सामाजिक उत्तरदायित्वसँगै मानवीय सेवाको उदाहरणसमेत हो।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित