कर्कचमा आजदेखि ‘टुनामेन्ट’ सुरु, पवन ठाकुरद्वारा उद्घाटन

 

रन्धिर साह /रौतहट

रौतहटको देवाही गोनाही नगरपालिका–६ स्थित कर्कचमा आजदेखि १२ ओभरको क्रिकेट प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन वडा अध्यक्षका प्रत्याशी पवन ठाकुरले एक औपचारिक कार्यक्रमबीच गर्नुभएको हो।

प्रतियोगिताको उद्घाटन खेलमा सोनर्निया टोलीले जयनगरसमक्ष ७७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। उक्त लक्ष्य पछ्याएको जयनगर टोलीले जित हासिल गर्‍यो।

त्यसैगरी, दोस्रो खेलमा महम्मदपुरले कर्कच टोलीलाई ९४ रनको लक्ष्य दिएको थियो। कर्कच टोलीले ११ ओभरमै लक्ष्य पूरा गर्दै जित निकालेको आयोजकले जनाएको छ।

प्रतियोगिताअन्तर्गत भोलि टिकुलिया र पिपरा टोलीबीच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद ८ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने व्यवस्था गरिएको छ।

स्थानीय युवाको खेलकुद प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले क्षेत्रमा क्रिकेटप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको छ।

 

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित