कुशवाहा बुद्धिजीवी सेवा समाज र कुशवाहा कल्याण समाज पर्साद्वारा दसैँको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

 

 

अभिलाष गुप्ता

वीरगञ्ज/ २५ असोज

वडा दसैँको पावन अवसरमा कुशवाहा बुद्धिजीवी सेवा समाज पर्सा र नेपाल कुशवाहा कल्याण समाज पर्साको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

पर्साको नगवास्थित काव्या एकेडेमीको प्राङ्गणमा आयोजित कार्यक्रममा कुशवाहा समुदायका अगुवा, बुद्धिजीवी तथा समाजका विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले एकआपसमा दसैँको शुभकामना आदानप्रदान गर्दै आपसी सद्भाव, एकता, भाइचारा र सामाजिक सहकार्यलाई थप सुदृढ बनाउने विषयमा जोड दिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कुशवाहा समाजका केन्द्रीय सदस्य सुरेश कुशवाहा रहेका थिए। कार्यक्रमको सभापतित्व नेपाल कुशवाहा कल्याण समाज पर्साका अध्यक्ष प्रमोद कुशवाहाले गरेका थिए।

कार्यक्रममा कुशवाहा बुद्धिजीवी सेवा समाज पर्साका अध्यक्ष सन्दीप कुशवाहाले स्वागत मन्तव्य व्यक्त गर्दै सहभागीहरूलाई स्वागत गरेका थिए। उनले दसैँजस्ता चाडपर्वले समाजमा आपसी प्रेम, सद्भाव र एकताको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

त्यसैगरी, कार्यक्रम सञ्चालन कुशवाहा बुद्धिजीवी सेवा समाज पर्साका सचिव विजय कुशवाहाले गरेका थिए। कार्यक्रममा वक्ताहरूले चाडपर्वलाई सामाजिक सम्बन्ध विस्तार गर्ने, आपसी मेलमिलाप कायम गर्ने र समुदायबीच एकताको भावना अभिवृद्धि गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा राखेका थिए।

कार्यक्रममा कृष्णा मेहता, हरिन्द्र कुशवाहा, अवध कुशवाहा, अनिल कुशवाहा, श्याम कुशवाहा, किशोर मेहता, फुलेना कुशवाहा, अरुण कुशवाहा, मातृका कुशवाहा र राजेश्वर कुशवाहालगायतको उपस्थिति रहेको थियो।

शुभकामना आदानप्रदानसँगै आयोजित चियापान कार्यक्रमले सहभागीहरूबीच आत्मीयता र सामाजिक सद्भाव अभिवृद्धि गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित