वीरगञ्जमा लायन्स डिस्ट्रिक्ट ३२५ ‘एस’ अन्तर्गत एरिया–३ को मेगा इन्स्टलेसन तथा इन्डक्सन कार्यक्रम सम्पन्न

 

लालबाबु सिंह

वीरगञ्ज, असोज १६ गते।

लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ‘एस’ अन्तर्गत लायन वर्ष २०२६/२७ का लागि एरिया–३ को मेगा क्लब इन्स्टलेसन तथा इन्डक्सन कार्यक्रम वीरगञ्जस्थित होटल पूजनमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन डिस्ट्रिक्ट गभर्नर लायन रामबिहारी पाण्डेय तथा विशिष्ट अतिथिहरूले संयुक्त रूपमा दीप प्रज्वलन गरी गरेका थिए। सो अवसरमा लायन्स क्लबका संस्थापक मेल्भिन जोन्स र नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको तस्बिरमा माल्यार्पणसमेत गरिएको थियो।

लायन्स क्लब अफ आदर्शनगरका सन् २०२५/२६ का अध्यक्ष लायन सुरेश रुंगटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर लायन रामबिहारी पाण्डेय प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा प्रथम जिल्ला उपाध्यक्ष लायन अंकिता सुमार्गी, पूर्व डिस्ट्रिक्ट गभर्नर (पीडीजी) लायन डीएन अग्रवाल, लायन राजकुमार सिंघी, लायन आरपी खेतान, डिस्ट्रिक्ट क्याबिनेट सचिव लायन बसु तिमल्सिना, कोषाध्यक्ष लायन रामेश्वर प्रसाद गुप्ता, सल्लाहकार लायन जेपी यादव, डिस्ट्रिक्ट एक्जिक्युटिभ चिफ (जीएमटी) लायन प्रकाश बाहेती, (जीएसटी) लायन उमेश शर्मा, क्याबिनेट उपसचिव लायन विजय गुप्ता, श्याम प्रसाद तथा लायन अशोक बेरिवाललगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी डिस्ट्रिक्ट एक्जिक्युटिभ को–चिफ तथा पीआरओ इन चिफ लायन विजय कुशवाहा, एरिया चिफ कोअर्डिनेटर लायन सुनील कुमार गुप्ता, एरिया कोषाध्यक्ष लायन कपिलदेव तिवारी, लायन्स क्लब लाइफ लाइनका संस्थापक अध्यक्ष डा. मनोज उपाध्याय तथा लायन्स क्लब वीरगञ्ज गेटवेका अध्यक्ष लायन प्रकाश उपाध्यायको सहभागिता रहेको थियो।

कार्यक्रममा विभिन्न रिजनका चेयरपर्सन, जोन चेयरपर्सन, डिस्ट्रिक्ट कार्यक्रम चेयरपर्सन, डिस्ट्रिक्ट कमिटी चेयरपर्सन, कार्यक्रमका सदस्य, विभिन्न क्लबका अध्यक्ष, सचिव, कोषाध्यक्ष, लायन सदस्य तथा लियो सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि पाण्डेयले नवगठित क्लबका अध्यक्ष तथा पदाधिकारीहरूलाई पदस्थापन गराउनुका साथै नयाँ लायन सदस्यहरूलाई शपथग्रहण गराएका थिए। सो अवसरमा नयाँ सदस्यहरूलाई क्लबको पिन प्रदान गरी औपचारिक रूपमा लायन्स परिवारमा स्वागत गरिएको थियो।

एरिया चिफ लायन सलमा खातुनले सञ्चालन गरेको कार्यक्रममा लायन्स अभियानमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई क्लबका विभिन्न विधाअन्तर्गत सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

यसैबीच, रक्सौलबाट शुभकामना सन्देश पठाउँदै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२२ई, जोन ४१ का जोन चेयरपर्सन तथा डिस्ट्रिक्ट चेयरपर्सन एवं भारत विकास परिषद्, रक्सौलका सेवा संयोजक तथा मिडिया प्रभारी बिमल सर्राफले नवनियुक्त पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

कार्यक्रमले लायन्स सदस्यहरूबीच आपसी सहकार्य, सेवाभाव र सामाजिक उत्तरदायित्वलाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित