वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिका पर्सामा प्रथम

 

पर्सा । आर्थिक वर्ष २०८२/०८३ को स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिका पर्सा जिल्लामै प्रथम भएको छ।

स्वास्थ्य कार्यक्रम सञ्चालन तथा कार्यसम्पादनका आधारमा सखुवा प्रसौनी गाउँपालिका प्रथम, ठोरी गाउँपालिका द्वितीय र जगरनाथपुर गाउँपालिका तृतीय भएको जनाइएको छ।

जिल्लामै प्रथम स्थान हासिल गर्न सहयोग गर्ने सम्पूर्ण स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, गाउँपालिका अध्यक्षसहित कार्यपालिका सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत, लेखा प्रमुख तथा स्वास्थ्य कार्यक्रम सञ्चालनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति गाउँपालिकाले हार्दिक आभारसहित धन्यवाद व्यक्त गरेको छ।

गाउँपालिकाले आगामी दिनमा समेत स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्दै नागरिकलाई प्रभावकारी तथा सहज स्वास्थ्य सेवा उपलब्ध गराउन थप सक्रियताका साथ अघि बढ्ने जनाएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित