पर्साको परसवामा आयोजित वक्तृत्वकला प्रतियोगितामा रिया चौबे प्रथम

 

 

हरिकिशोर शर्मा / असोज १४ जिराभवानी पर्सा ।

पर्साको जिराभवानी गाउँपालिका–३ परसवामा बुधबार आयोजित वक्तृवकला प्रतियोगितामा रिया चौबे प्रथम भएकी छन् ।यस्तै उक्त प्रतियोगितामा निलिमा कुमारी द्वितीय र हसिना खातुन तृतीय भएका छन् ।

“समावेशी शिक्षाको महत्व तथा आवश्यकता” विषयक वक्तृत्वकला प्रतियोगितामा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सेढवा र महेन्द्र नेपाल निम्न माध्यमिक विद्यालयका गरी ७ जना विद्यार्थीले भाग लिएका थिए ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा पिपुल इन निड, अकाउन्टेबिलिटी ल्याब नेपाल, एनसीई नेपाल र नेपाल अपाङ्ग महिला संघको सहकार्य तथा दिव्य विकास स्रोत केन्द्र, पर्साको संयुक्त साझेदारीमा सञ्चालित पहुँच परियोजना अन्तर्गत वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो।

दिब्य विकास स्रोत केन्द्र पर्साका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीको अध्यक्षता तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सेढवाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक चौधरीको प्रमुख आतिथ्यतामा आयोजित उत्तः कार्यक्रममा शिक्षक उपेन्द्र चौधरी, समाजसेवी दिनेश्वर महतो , अकाउन्टेबिलिटी ल्याब नेपालका प्रतिनिधि अकलेश साह, दिब्य विकास स्रोत केन्द्र पर्साका कार्यक्रम जिम्मेवार व्यक्ति अमित कुमार राउत लगायतकाकोपनि उपस्थिती थियो

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित