रौतहटमा २४.७० क्युबिक फिट सालको काठसहित एक जना पक्राउ

 

रौतहट असाेज १३ अशोक यादब । रौतहटको चन्द्रपुर नगरपालिका–७ स्थित रंगपुर साझेदारी वन क्षेत्रमा गरिएको संयुक्त वन गस्तीका क्रममा साल जातको २४.७० क्युबिक फिट गोलिया काठसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–७ नयाँबस्ती कटानी बस्ने अनिल राम रहेका छन्।

चन्द्रपुर सव–डिभिजन वन कार्यालय र रंगपुर साझेदारी वनबाट खटिएको संयुक्त टोलीले नयाँबस्ती कटानीदेखि उत्तरतर्फ काठ ओसारपसार गरिरहेको अवस्थामा रामलाई नियन्त्रणमा लिएको हो।

गस्ती टोलीले उनको साथबाट साल जातको २४.७० क्युबिक फिट काठका ५ थान गोलिया, ३ थान साइकल र १ थान पिन्चा (आरा) समेत बरामद गरेको जनाएको छ।

पक्राउ परेका राम तथा बरामद गरिएका काठ र अन्य सामग्रीलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय रौतहटमा बुझाइएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित