लालबकैया नदीमा हाम फालेका युवक २० घण्टादेखि बेपत्ता, गोताखोरसहित प्रहरी परिचालन

दिपेश कुमार साह

रौतहट, १० असोज । रौतहटको मौलापुर नगरपालिका–४ स्थित लालबकैया नदीमा हाम फालेका बाराका २७ वर्षीय युवक सचिन्द्र यादव २० घण्टादेखि बेपत्ता भएका छन्।

बाराको सिम्रौनगढ नगरपालिका–११ कटहरिया टोलका यादव शुक्रबार दिउँसो करिब १ बजे आफ्ना दाइ सिकिन्द्र यादवले चलाएको मोटरसाइकलमा उपचारका लागि कचोर्वाबाट गरुडा जाने क्रममा लालबकैया नदीको पुलमा पुगेपछि मोटरसाइकलबाट ओर्लिएर अचानक नदीमा हाम फालेका थिए।

घटनालगत्तै इलाका प्रहरी कार्यालय मौलापुरबाट प्रहरी निरीक्षक भरत केसीको कमान्डमा १७ जना प्रहरी खोजीमा खटिएका छन्। यस्तै, सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प देवाही गोनाहीबाट प्रहरी निरीक्षक दिलबहादुर नेपालीको कमान्डमा गोताखोरसहित ७ जनाको टोली पनि खोजीमा परिचालन गरिएको छ।

प्रहरीका अनुसार २४ जनाको संयुक्त टोलीले नदीमा खोजी गरिरहेको भए पनि शनिबार बिहानसम्म यादवको अवस्था पत्ता लाग्न सकेको छैन। नदीमा पानीको बहाव तीव्र र गहिराइ बढी भएकाले खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार यादव मानसिक रूपमा अस्वस्थ रहेको परिवारबाट जानकारी प्राप्त भएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय मौलापुरबाट करिब ३ किलोमिटर पूर्वमा रहेको

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित