जिराभवानी–१ मा नेपाली कांग्रेसको वडा कार्यसमिति सर्वसम्मत चयन

 

हरिकिशोर शर्मा / असोज ०४, जिराभवानी, पर्सा।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्साको जिराभवानी गाउँपालिका–१, बलुवा गाउँमा वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट वडा कार्यसमिति निर्विरोध तथा सर्वसम्मत रूपमा चयन गरिएको हो।

अधिवेशनबाट वडा सभापतिमा मोहम्मद शेख ग्यासुदिन सर्वसम्मत चयन भएका छन्। त्यसैगरी उपसभापतिमा राजमती देवी र रामप्रवेश शर्मा, सचिवमा रामेश्वर महतो थारू चयन भएका छन्।

महिला सदस्यमा कुसमी देवी, सदस्यमा नोसाद, दलित सदस्यमा सगिर अहमद तथा युवा सदस्यमा रामानन्द ठाकुर चयन भएका छन्।

खुला सदस्यतर्फ बनवारीलाल भैया र बिकाउ मुखिया चयन भएका छन्। त्यस्तै मनोनित सदस्यमा मुनि महतो र मोहन राम चयन भएको बताइएको छ।

कार्यक्रम शेख मोहम्मद ग्यासुदिनको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन शत्रुशन ओझाले गरेका थिए।

वडा कार्यसमिति निर्विरोध तथा सर्वसम्मत रूपमा गठन भएपछि सहभागी कांग्रेस कार्यकर्ताहरूले संगठनलाई थप सुदृढ र सक्रिय बनाउँदै आगामी दिनमा पार्टीका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा जनस्तरसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित