रन्धिर साह/रौतहट
रौतहटको देवाही गोनाही नगरपालिकाले एक आधारभूत बिधालयलाई पाँच पंखा कार्यक्रमको आयोजना गरि आज पंखा वितरण गरेका छन् । देवाही गोनाही नगरपालिकाकी कार्यवाहक नगर प्रमुख परणिया पटेलले नगरपालिका अन्तर्गतका आधारभूत विद्यालयहरुका प्रधानाध्यापकहरूलाई पंखा वितरण गर्नुभएको हो ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई गर्मीबाट राहत प्रदान गर्ने उद्देश्यले पंखा वितरण गरिएको जनाइएको छ। नगरपालिकाले विद्यालयको शैक्षिक वातावरण सुधार गर्न थालेको यस पहललाई सकारात्मक रूपमा लिइएको छ।
पंखा वितरण कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो। वितरण गरिएका विद्यालय तथा प्रधानाध्यापकहरू यसप्रकार छन् :
१. वडा नम्बर २ का प्रधानाध्यापक कपिल देव ठाकुर। २. वडा नम्बर ३ का प्रधानाध्यापक सुबोध साह। ३. वडा नम्बर ३ का प्रधानाध्यापक सुरेश यादव। ४. वडा नम्बर ५ का प्रधानाध्यापक हृदयनारायण शाह। ५. वडा नम्बर ६ का प्रधानाध्यापक कृष्णकुमार झा।
कार्यक्रममा स्थानीय सञ्चारकर्मी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवी भरत पटेललगायतको सहभागिता रहेको थियो।
विद्यालयमा पंखा वितरणले विद्यार्थीहरूलाई सहज वातावरणमा अध्ययन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, विद्यालयको आवश्यकता पहिचान गरी यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्









