मधेस प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए राजीनामा, समर्थन पनि फिर्ता

 

जनकपुरधाम । मधेस प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का चार मन्त्रीले पदबाट राजीनामा दिएका छन्। एमाले संसदीय दलको निर्देशनअनुसार उनीहरूले आज मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष राजीनामा बुझाएका हुन्।

राजीनामा दिनेमा श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समीर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह रहेका छन्।

चारै जना मन्त्रीले मुख्यमन्त्री यादवलाई राजीनामा पत्र बुझाएको एमालेका प्रमुख सचेतक हरिनारायण महतोले जानकारी दिएका छन्।

यसैबीच, एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले सरकार गठनका क्रममा भएको सहमति कार्यान्वयन नभएको भन्दै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका छन्।

मधेस प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीको गठबन्धन सरकार रहेको छ। एमालेका चार मन्त्रीको राजीनामा र समर्थन फिर्तासँगै प्रदेश सरकारको राजनीतिक समीकरणमा फेरबदल आउने देखिएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित