बाइकको डिक्कीमा लुकाएर लैजाँदै गरेको २ किलो ८० ग्राम चरेस बरामद ।

 

 

हरिकिशोर शर्मा / भदौ २४, जिराभवानी, पर्सा।

मैनाटाँड । भारत–नेपाल सीमा क्षेत्रअन्तर्गत इनरवा एसएसबीको ४७औँ बटालियनले २ किलो ८० ग्राम चरेससहित एक युवकलाई पक्राउ गरेको छ।

एसएसबीका अनुसार गोप्य सूचनाको आधारमा छठिया घाट नजिक सवारीसाधन जाँच गर्ने क्रममा शंकास्पद अवस्थामा रहेको एउटा मोटरसाइकल रोकी तलासी लिइएको थियो। तलासीका क्रममा मोटरसाइकलको डिक्कीमा लुकाएर राखिएको २ किलो ८० ग्राम चरेस बरामद भएको हो।

पक्राउ पर्नेमा बलथर थाना क्षेत्र निवासी धुरेन्द्र राउतका छोरा विकास कुमार रहेको एसएसबीले जनाएको छ।

एसएसबीले चरेससहित तस्करीमा प्रयोग गरिएको मोटरसाइकलसमेत नियन्त्रणमा लिएर थप कानुनी कारबाहीका लागि इनरवा प्रहरीलाई बुझाएको छ।

सीमा क्षेत्रमा लागुऔषध तस्करी नियन्त्रण गर्न निगरानी तथा जाँच अभियानलाई निरन्तरता दिइने एसएसबीले जनाएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित