लायन्स क्लबको सहयोगमा मानव सेवा आश्रमको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण

 

 

वीरगञ्ज/  लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम र लायन्स क्लब अफ वीरगञ्ज संस्कृति गोल्डको आयोजनामा मानव सेवा आश्रमको नवनिर्मित भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

लायन्स क्लब इन्टरनेसनल फाउन्डेसन (एलसीआईएफ) को १ करोड ४० लाख नेपाली रुपैयाँ आर्थिक सहयोगमा वीरगञ्ज महानगरपालिका–लक्ष्मणवा–नौतन क्षेत्रमा निर्माण गरिएको उक्त भवनको बुधबार आयोजित कार्यक्रममा उद्घाटन तथा हस्तान्तरण गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेसनलका पूर्व अन्तर्राष्ट्रिय निदेशक लायन सञ्जय खेतानले नवनिर्मित भवनको उद्घाटन गर्नुभएको थियो। कार्यक्रमको संयुक्त अध्यक्षता लायन्स क्लब अफ वीरगञ्ज मिलेनियमका अध्यक्ष लायन वीरेन्द्र साह र लायन्स क्लब अफ वीरगञ्ज संस्कृति गोल्डकी अध्यक्ष लायन खुश्बु अग्रवालले गर्नुभएको थियो।

कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा, डिस्ट्रिक्ट गभर्नर लायन रामबिहारी पाण्डे, मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारी, मानव सेवा आश्रम वीरगञ्जका अभिभावक परिवार संयोजक हरि गौतम, हेटौँडाबाट आउनुभएका अंकिता सुमार्गी, अरुण सुमार्गी, बसन्त सर, लायन बलिराम भट्ट, पूर्व डिस्ट्रिक्ट गभर्नर (पीडीजी) लायन डी.एन. अग्रवाल, पीडीजी लायन डा. आर.पी. खेतान, क्याबिनेट सचिव लायन बासु तिमिल्सिना, क्याबिनेट कोषाध्यक्ष लायन रामेश्वर गुप्ता, लायन गणेश लाठ, लायन प्रकाश थारू, एरिया चिफ लायन सुनील गुप्ता तथा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२२ ईका जोन चेयरपर्सन तथा डिस्ट्रिक्ट चेयरपर्सन रक्सौल से बिमल सर्राफलगायतको सहभागिता रहेको थियो।

एलसीआईएफको १ करोड ४० लाख नेपाली रुपैयाँ आर्थिक सहयोगमा निर्माण भएको उक्त भवन हस्तान्तरण भएपछि मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूको आवास, संरक्षण तथा सेवा व्यवस्थापनमा थप सहजता हुने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार नवनिर्मित भवनले आश्रममा आश्रय लिइरहेका असहाय तथा संरक्षणको आवश्यकता भएका व्यक्तिहरूलाई व्यवस्थित आवास र आवश्यक सेवा उपलब्ध गराउन महत्वपूर्ण सहयोग पुर्‍याउनेछ।कार्यक्रमको सञ्चालन मानव सेवा आश्रमका देवेश मानवले गर्नुभएको थियो।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित