बाढीपीडितका लागि रौतहट बारद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

 

अशोक यादब

रौतहट/१७ भदौ

बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि नेपाल बार एसोसिएसन रौतहटले १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

नेपाल बार एसोसिएसन रौतहटले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार समितिको खातामा जम्मा गरेको जनाएको छ। विपद्को समयमा प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले सहयोग गरिएको जिल्ला अध्यक्ष हेमचन्द्र लाल कर्णले बताउनुभयो।

अध्यक्ष कर्णका अनुसार देश विपद्को पीडामा रहेका बेला रौतहटका कानुन व्यवसायीहरूको तर्फबाट सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहयोग गरिएको हो।

बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको बारले जनाएको छ। सहयोगले पीडित परिवारलाई राहत पुर्‍याउने कार्यमा केही भए पनि योगदान पुग्ने अपेक्षा गरिएको अध्यक्ष कर्णले बताउनुभयो।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित