खलुचडीमा सम्पन्न निःशुल्क आँखा शिविरबाट १०७ जना लाभान्वित, ३३ जनामा मोतियाबिन्दु पहिचान

वीरगंज/  पर्साको जगरनाथपुर गाउँपालिका–३ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय खलुचडीको प्रांगणमा सम्पन्न निःशुल्क आँखा शिविरबाट १०७ जना लाभान्वित भएका छन्।

दाइजो एवं सामाजिक कुरीति विरुद्ध जागरण मञ्चको आयोजना तथा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो। मञ्चका अध्यक्ष बृजेश्वर प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न शिविरमा स्थानीय सर्वसाधारणको निःशुल्क आँखा परीक्षण गरिएको थियो।

शिविरमा कुल १०७ जनाको आँखा जाँच गरिएकोमा ३३ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको शिविर संयोजक राजेश चौधरीले जानकारी दिनुभयो। तीमध्ये १८ जनालाई आवश्यक औषधि तथा ड्रप उपलब्ध गराई घर पठाइएको छ।

बाँकी मोतियाबिन्दुका बिरामीलाई यही भदौ १३ गते शनिबार वीरगन्जस्थित सामुदायिक आँखा अस्पतालमा लगेर पूर्ण रूपमा निःशुल्क शल्यक्रिया गरिने संयोजक चौधरीले बताउनुभयो।

शिविरमा समाजसेवी घनञ्जय यादव, शरफुद्दीन राउत गद्दी, शुभनारायण यादव, अनिरुद्ध राउत गद्दीलगायतको उपस्थिति रहेको थियो। स्थानीय स्तरमै निःशुल्क आँखा परीक्षण तथा उपचारको अवसर पाएपछि सहभागीहरूले आयोजक तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गरेका छन्।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित