।
हरिकिशोर शर्मा / भदौ ९ जिराभवानी पर्सा ।
पर्साको जिराभावानी गाउँपालिका-१ बलुवाबाट प्रहरीले ठूलो परिमाणमा तस्करी गरि ल्याइएको कपडासहित एक जनालाई पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय सेढवा , प्रहरी चौकी महादेवपट्टी र सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट महादेवपट्टीबाट खटिएको संयुक्त टाेलीले बलुवा टोलस्थित कासघारी धानबारीबाट १२ पाेका कपडासहित एक जना काराेबारीलाई पक्राउ गरेको हाे।पक्राउ गरिएका ती काराेबारीकाे परिचय भने प्रहरीले खुलाएको छैन।
सीमावर्ती भारतकाे भंगहाबाट तस्करहरुले रातिकाे समयमा भन्सार छलेर ल्याएको कपडाकाे पाेका गाउँ नजिकैको कासघारी र धान बारीमा लुकाएर राखेकै अवस्थामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टाेलीले बरामद गरेकाे हाे।

बरामद कपडा अन्दाजी १० लाख रुपैयाँ मूल्य बराबरकाे रहेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीले जानकारी दिए ।
कपडासहित पक्राउ गरिएका कारोबारीलाई आवश्यक कारबाहीका लागि मंगलबार वीरगन्ज भन्सार कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए।









