त्रिदेव कोचिङ्ग सेन्टरमा अध्यापन अनुमतिपत्र तयारी कक्षा प्रभावकारी

 

रौतहटको कटहरिया नगरपालिका–५ स्थित त्रिदेव कोचिङ्ग सेन्टरमा अध्यापन अनुमतिपत्र परीक्षालाई लक्षित गरी तयारी कक्षा प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ। आज सञ्चालित कक्षामा प्रशिक्षक कौशल कुशवाहा, दिपेन्द्र यादव र शिक्षक रकेश ठाकुर समयमै उपस्थित भई विद्यार्थीलाई विषयवस्तु केन्द्रित तथा व्यवहारिक ढङ्गबाट अध्यापन गराउनुभएको थियो।

कक्षाको अनुगमनका क्रममा पत्रकार दिपेश कुमार शाहले शिक्षक तथा विद्यार्थीहरूसँग प्रत्यक्ष कुराकानी गर्दै पढाइको अवस्था, परीक्षा तयारी र विद्यार्थीका भविष्यका योजनाबारे जानकारी लिनुभएको थियो। शिक्षक नरेन्द्र प्रसाद यादव र रामनिवास प्रसाद यादवसँग पनि अध्यापन अनुमतिपत्र तयारी, शिक्षण क्षेत्रका अवसर तथा विद्यार्थीलाई आवश्यक मार्गदर्शनबारे छलफल गरिएको थियो।

त्यसक्रममा विद्यार्थीहरूले नियमित रूपमा कक्षामा सहभागी भई मेहनत र अभ्यास गरिरहेको बताएका थिए। अध्यापन अनुमतिपत्र प्राप्त गरी शिक्षण क्षेत्रमा आफ्नो भविष्य निर्माण गर्ने लक्ष्य रहेको उनीहरूको भनाइ थियो। शिक्षकहरूले विद्यार्थीलाई अनुशासन, नियमित उपस्थिति, निरन्तर अभ्यास र समय व्यवस्थापनमा विशेष ध्यान दिन सुझाव दिएका थिए।

अनुगमनका क्रममा कक्षाको वातावरण, विद्यार्थीको सहभागिता तथा सिकाइप्रतिको उत्साह सकारात्मक देखिएको थियो। त्रिदेव कोचिङ्ग सेन्टरले अनुभवी शिक्षक तथा प्रशिक्षकमार्फत गुणस्तरीय तयारी कक्षा सञ्चालन गर्दै विद्यार्थीलाई सफल बनाउन निरन्तर प्रयास गरिरहेको जनाएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित