अभिलाष गुप्ता
वीरगञ्ज ०१ भदौ
नेपालिज यङ इन्टरप्रेनर्स फोरम (NYEF) वीरगञ्ज च्याप्टरले भारतको नयाँदिल्लीस्थित एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (ECCI) सँग ‘बियोन्ड बोर्डर्स : वीरगञ्ज–दिल्ली कनेक्ट २०२६’ अन्तर्गत महत्वपूर्ण व्यावसायिक भेटघाट तथा छलफल गरेको छ।
भेटघाटका क्रममा NYEF वीरगञ्ज च्याप्टर र ECCI नयाँदिल्लीबीच भविष्यमा संयुक्त कार्यक्रम सञ्चालन, व्यावसायिक सहकार्य, सञ्जाल विस्तार, ज्ञान तथा अनुभव आदान–प्रदान र नेपालमा लगानीका अवसर प्रवर्द्धन गर्ने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ।
छलफलका क्रममा नेपालमा उत्पादित वस्तु तथा सामग्रीलाई भारतीय बजारमा प्रवर्द्धन गर्ने तथा नयाँदिल्ली र वीरगञ्ज दुवै स्थानमा ‘मेड इन नेपाल एक्स्पो’ आयोजना गर्ने सम्भावनाबारे समेत महत्वपूर्ण छलफल भएको थियो।
यस सहकार्यले नेपाल–भारतबीचको व्यावसायिक सम्बन्धलाई थप सुदृढ गर्दै युवा उद्यमीका लागि लगानी, बजार विस्तार, व्यावसायिक साझेदारी तथा नयाँ अवसर सिर्जना गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।









