छिपहरमाई गाउँपालिकाको २३ औं गाउँसभामा ३५ करोड ९८ लाखको बजेट सार्वजनिक

 

हरिकिशोर शर्मा / साउन/ २९ जिराभवानी पर्सा ।

 

पर्साको छिपहरमाइ गाउँपालिकाको २३ औँ गाउँसभा आज सम्पन्न भएको छ।गाउँसभामा आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ३५ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट तथा नीति–कार्यक्रम प्रस्तुत गरिएको छ।

गाउँसभामा गाउँपालिकाका अध्यक्ष मनोजकुमार गुप्ता , उपाध्यक्ष लिलावती देवि साह प्रमुख प्रशासकीय अधिकृत सजीव साह, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

गाउँसभामा प्रस्तुत बजेट अनुसार शिक्षा क्षेत्र विकासका लागि २ करोड रुपैयाँ, स्वास्थ्य क्षेत्र विकासका लागि १ करोड रुपैयाँ, कृषि क्षेत्र विकासका लागि १ करोड ५० लाख रुपैयाँ, भौतिक पुर्वाधार बिकासका लागि ५ करोड रुपैयाँ तथा सामाजिक क्षेत्र विकासका लागि १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

त्यसैगरी विभिन्न शीर्षक अन्तर्गत अध्यक्ष स्तरिय योजनाको लागि ६० लाख रुपैयाँ, उपाध्यक्ष कार्यक्रमका लागि ६० लाख रुपैयाँ, वडास्तरीय योजनाका लागि ६० लाखको दरले तथा कार्यपालिकास्तरीय योजनाका लागि २० लाखको दरले बजेट प्रस्ताव गरिएको जानकारी प्रमुख प्रशासकीय अधिकृत साहले दिए ।गाउँसभालाई सम्बोधन गर्दै अध्यक्ष मनोज कुमार गुप्ताले शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम तयार गरिएको बताए।उनले गाउँपालिकाको समग्र विकास, सेवा प्रवाहमा सुधार तथा जनअपेक्षा सम्बोधनमा केन्द्रित भएर आगामी वर्षका कार्यक्रम सञ्चालन गरिने उल्लेख गरे।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित