पर्सा ‘प्रहरीको नाममा कुनै बिचाैलियाले कसैसँग एक रुपैयाँ असुले कडा कारबाही हुने

 

 

हरिकिशोर शर्मा / साउन / २६ जिराभवानी पर्सा ।

 

पर्सा प्रहरीको नाममा कुनै बिचाैलियाले एक रुपैयाँ लिएको पाएपछि कडा कारबाही गर्ने,पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले कडा चेतावनी दिएको छन् ।

पर्सा प्रहरी प्रमुख पवनकुमार भट्टराईले भने प्रहरीबाट हुने कुनै पनि सेवाका लागि सेवाग्राहीले एक पैसा पनि तिर्नु पर्दैन। प्रहरीको नाममा बिचौलियाले एक रुपैयाँ असुलेको प्रमाणित भए तत्काल पक्राउ गरी कानुनबमोजिम कडा कारबाही गरिने भनेका छन्।

अपराधी जोसुकै भए पनि कानुनी दायराबाट उम्किन नदिने भन्दै एसपी भट्टराईले ‘पर्सा प्रहरीमा अपराधीका लागि कुनै छुट छैन’ भन्ने स्पष्ट सन्देश दिएका छन्।

पीडित तथा सेवाग्राहीलाई बिचौलियाको भर नपरी सिधै जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी भट्टराईसमक्ष पुगेर आफ्नो गुनासो राख्न आग्रह गरेका छन् । पीडितलाई न्याय दिलाउने र दोषीलाई कानुनको कठघरामा उभ्याउने प्रतिबद्धता जनाएको छन् ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित