दाइजो प्रथा अन्त्य र ‘बेटी बचाउ, बेटी पढाऊ’को सन्देश बोकेर भाथा बाबा दर्शनमा मुकेश सहनी

 

वीरगञ्ज, साउन २४ — पर्साको वीरगञ्ज महानगरपालिका–१७, अलौ निवासी मुकेश सहनी दाइजो प्रथा अन्त्य तथा ‘बेटी बचाउ, बेटी पढाऊ’ भन्ने सामाजिक सन्देश बोकेर धार्मिक यात्रामा निस्किएका छन्।

सहनी आज पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित घना जंगलको बीचमा रहेको ऐतिहासिक तथा धार्मिक स्थल श्री श्री १०८ श्री बाबा दूधेश्वरनाथ महादेव, भाथा बाबा दर्शनका लागि पैदल भुइपरी यात्रामार्फत जाँदै छन्।

मुकेश सहनीको उद्देश्य नेपाल सरकारका प्रधानमन्त्री बालेन्द्र शाह समक्ष दाइजो प्रथा मुक्त समाज निर्माण गर्ने तथा ‘बेटी बचाउ, बेटी पढाऊ’ भन्ने उद्देश्यलाई समर्थन गर्दै त्यसको सन्देश जनस्तरसम्म पुर्‍याउनु रहेको उनले बताएका छन्। यही उद्देश्यका साथ आफू दूधेश्वरनाथ भाथा बाबा दर्शनका लागि पैदल भुइपरी यात्रामा निस्किएको सहनीको भनाइ छ।

सहनीले दाइजो प्रथाजस्तो सामाजिक विकृति अन्त्य गर्न सबैको सहयोग र जनचेतना आवश्यक रहेको बताउँदै छोरीको संरक्षण र शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

धार्मिक आस्थासँगै सामाजिक चेतनाको सन्देश प्रवाह गर्ने उद्देश्यले गरिएको सहनीको यो पैदल भुइपरी यात्राले दाइजो प्रथा अन्त्य तथा छोरीको शिक्षा र संरक्षणका विषयमा सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ।

 

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित