अव्यवस्थित इन्टरनेट तार व्यवस्थापनमा वीरगञ्ज महानगरको कडा कदम: सोमबार पुनः बृहत् छलफल हुने

 

​पर्सा।  वीरगञ्ज महानगरपालिकालाई सफा, सुन्दर र सुरक्षित सहर बनाउने अभियानअन्तर्गत महानगरपालिकाले नगरभित्र जेलिएका अव्यवस्थित इन्टरनेटका तारहरू व्यवस्थापन गर्न तीव्र सक्रियता देखाएको छ। लामो समयदेखि सहरको सौन्दर्य बिर्गार्नुका साथै आगलागी र दुर्घटनाको जोखिम बढाएका तारहरू नियन्त्रण तथा व्यवस्थापनका लागि महानगरले कडा रणनीति अपनाएको हो।

​इन्टरनेटको केबलका कारण हुन सक्ने सम्भावित आगलागी र दुर्घटना न्यूनीकरणका लागि आज वीरगञ्ज महानगरपालिका र इन्टरनेट सेवा प्रदायक (ISP) हरूबीच प्रारम्भिक छलफल सम्पन्न भएको छ। कार्यवाहक प्रमुख इम्तियाज आलम र प्रमुख प्रशासकीय अधिकृत वसन्त बोहराको विशेष उपस्थितिमा बसेको आजको बैठकमा सो विषयमा गम्भीर मन्थनसहित थप निष्कर्ष र निर्णयका लागि आउँदो सोमबार पुनः बृहत् छलफल गर्ने निर्णय भएको महानगरले जनाएको छ।

​नगरको सुरक्षा र सौन्दर्यीकरणलाई पहिलो प्राथमिकतामा राखिएको बताउँदै कार्यवाहक प्रमुख इम्तियाज आलमले भन्नुभयो, “अव्यवस्थित तारका कारण सहर कुरुप बन्नुका साथै आगलागी र सवारी दुर्घटनाको जोखिम उच्च बनेको छ। नागरिकको सुरक्षा र सहरको सुन्दरतासँग कुनै सम्झौता हुँदैन। यसलाई हामीले अभियानकै रूपमा अगाडि बढाएका छौँ, सोहीअनुरूप आज फलदायी छलफल भयो र सोमबार पुनः बसेर दीर्घकालीन समाधान निकालिनेछ।”

​महानगरपालिकाले सहर सुधारका लागि चालेको यो सकारात्मक र दोहोरो सुरक्षा केन्द्रित कदमको स्थानीयबासीले प्रशंसा गरेका छन्। सोमबार बस्ने बृहत् बैठकपछि सेवा प्रदायकहरूसँगको सहकार्यमा अव्यवस्थित र प्रयोगविहीन तारहरू हटाउने तथा व्यवस्थित गर्ने काम तीव्र रूपमा अघि बढ्ने महानगरले जनाएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित