वीरगञ्ज/ २० साउन
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीको सक्रिय, जिम्मेवार र नागरिकमैत्री कार्यशैलीप्रति सर्वसाधारणले प्रशंसा व्यक्त गरेका छन्। शान्ति–सुरक्षा कायम राख्न, कानुनको प्रभावकारी कार्यान्वयन गर्न तथा नागरिक सुरक्षालाई प्राथमिकतामा राखेर उनले निर्वाह गरिरहेको भूमिकाले स्थानीयको विश्वास बढाएको बताइएको छ।
स्थानीयका अनुसार डीएसपी कार्कीले इमानदारी, निष्पक्षता र व्यावसायिकताका साथ जिम्मेवारी निर्वाह गर्दै विभिन्न सामाजिक तथा धार्मिक कार्यक्रमको सुरक्षा व्यवस्थापन प्रभावकारी रूपमा गरेका छन्। विशेषगरी गहवा माई रथयात्रा, हनुमान जयन्तीलगायत हजारौं श्रद्धालु सहभागी हुने धार्मिक कार्यक्रमहरू शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन उनले खेलेको भूमिकाको स्थानीयले खुलेर प्रशंसा गरेका छन्।
स्थानीयवासी तथा सामाजिक क्षेत्रका व्यक्तिहरूले डीएसपी कार्कीको समर्पण, अनुशासन र निष्पक्ष सेवाको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा पनि यही प्रतिबद्धताका साथ सेवा प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन्।
यसैबीच, उत्कृष्ट कार्यसम्पादन, व्यावसायिक नेतृत्व र नागरिकमैत्री प्रहरी सेवाको कदरस्वरूप डीएसपी राजु कार्कीलाई उचित सम्मान वा पुरस्कार प्रदान गर्नुपर्ने आवाज पनि स्थानीयस्तरमा उठ्न थालेको छ। यद्यपि, यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साले हालसम्म कुनै आधिकारिक निर्णय सार्वजनिक गरेको छैन।









