वीरगंजमा टायर बालेर विरोध गर्ने क्रममा पक्राउ परेका चार हिन्दु युवा रिहा

 

वीरगंज। ववीरगंजमा टायर बालेर विरोध प्रदर्शन गर्ने क्रममा पक्राउ परेका चार जना हिन्दु युवालाई प्रहरीले शनिबार साँझ रिहा गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएका उनीहरूलाई साँझ करिब ५ बजे रिहा गरिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार शनिबार बिहान ववीरगंजको रानीघाट क्षेत्रमा सार्वजनिक सडकमा टायर बालेर प्रदर्शन गरिरहेका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। सार्वजनिक शान्ति–सुरक्षा कायम राख्ने उद्देश्यले उनीहरूलाई दिनभर जिल्ला प्रहरी कार्यालयमा राखिएको र आवश्यक प्रक्रिया पूरा भएपछि साँझ रिहा गरिएको उनले जानकारी दिए।

प्रहरीका अनुसार रानीघाटस्थित एक जिम हाउसमा झुण्ड्याइएको बजरंगबली (भगवान् हनुमान) को तस्वीरसहितको ब्यानर अज्ञात व्यक्तिले शुक्रबार राति च्यातेर फालेको अवस्थामा फेला परेपछि स्थानीय हिन्दु युवाहरू आक्रोशित बनेका थिए। सो घटनाको विरोधस्वरूप शनिबार बिहान उनीहरूले सडकमा टायर बालेर प्रदर्शन गरेका थिए।

प्रदर्शनका क्रममा प्रहरीले सार्वजनिक आवागमन र शान्ति–सुरक्षामा असर पर्न सक्ने भन्दै चार जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेकाहरूलाई साँझ रिहा गरिएसँगै स्थिति सामान्य बन्दै गएको प्रहरीले जनाएको छ।

 

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित