पर्सा प्रहरीमा नेतृत्व परिवर्तन : एसपी सुदीप राज पाठकलाई बिदाइ, एसपी पवनकुमार भट्टराईलाई स्वागत

 

वीरगंज / जिल्ला प्रहरी कार्यालय पर्सामा नेतृत्व परिवर्तन भएको छ। सरुवा भई प्रहरी प्रधान कार्यालय, काठमाडौं जानुभएका प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकलाई सम्मानपूर्वक बिदाइ गर्दै नवआगत प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईलाई औपचारिक रूपमा स्वागत गरिएको हो।

बुधबार जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित कार्यक्रममा प्रहरी अधिकृत तथा कर्मचारीहरूले निवर्तमान एसपी पाठकलाई सफल कार्यकालको शुभकामना दिँदै सम्मानसहित बिदाइ गरेका थिए। साथै, नवआगत एसपी भट्टराईलाई स्वागत गर्दै पर्साको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा नागरिकमैत्री प्रहरी सेवालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको थियो।

कार्यक्रममा निवर्तमान एसपी पाठकले पर्सामा कार्यरत रहँदा सहयोग गर्ने सम्पूर्ण प्रहरी कर्मचारी, सरोकारवाला निकाय तथा सर्वसाधारणप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि पर्सा प्रहरीले उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास व्यक्त गरे।

नवआगत एसपी भट्टराईले आफूलाई प्रदान गरिएको जिम्मेवारी इमानदारी, निष्पक्षता र व्यावसायिक ढंगले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै शान्ति सुरक्षा कायम गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित