वीरगन्ज/ संसारका जुनसुकै कुनामा पुगे पनि गुरुले दिएको ज्ञान, संस्कार र सही मार्गदर्शन नै जीवनको वास्तविक पुँजी हो। यही पवित्र भावनालाई आत्मसात् गर्दै आज हाम्रा समर्पित विद्यार्थी भाइबहिनीहरूले आफ्ना आदरणीय शिक्षक–शिक्षिकाज्यूहरूलाई भक्तिभावका साथ टीका, खादा, माला तथा मायाको चिनो अर्पण गरी विशेष सम्मान व्यक्त गरे।
यस गरिमामय कार्यक्रममा प्रमुख अतिथि श्री राजेन्द्र सिंह राजपुतज्यू, विद्यालयका संस्थापक श्री जियालाल गुप्ताज्यू तथा विद्यालयका सम्पूर्ण आदरणीय शिक्षक–शिक्षिकाज्यूहरूलाई विद्यार्थी भाइबहिनीहरूद्वारा खादा ओढाई सम्मान गरिएको थियो।
कार्यक्रममा विद्यार्थीहरूद्वारा गुरुको महिमा दर्शाउने मर्मस्पर्शी भाषण, भक्तिपूर्ण कविता तथा विशेष सांस्कृतिक प्रस्तुतिहरू समेत प्रस्तुत गरिएका थिए। कार्यक्रमको उद्घोषण कक्षा १० का विद्यार्थी आयुष गुप्ताज्यूले गर्नुभएको थियो।
गुरु र शिष्यबीचको अमर सम्बन्धलाई थप प्रगाढ बनाउन आजको यस पावन दिनले नयाँ ऊर्जा थपेको छ प्रमुख ज्यू भन्नु भएका थिए । हामीलाई अनुशासनको पाठ सिकाउने, सही र गलतको पहिचान गराउने तथा हरेक पाइलामा सही दिशा देखाउने सम्पूर्ण आदरणीय गुरुजनहरूप्रति सगरमाथा एकेडेमी परिवार हृदयदेखि नै उच्च सम्मान तथा आभार व्यक्त गरे ।
तपाईंहरूको निस्वार्थ त्याग, समर्पण र वात्सल्यले नै हाम्रा विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माण भइरहेको छ।









