अभिलाष गुप्ता
वीरगञ्ज, साउन १०
रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको रोटरी वर्ष २०२६–२७ का लागि १०औँ पद हस्तान्तरण तथा पदभार ग्रहण समारोह भव्य रूपमा सम्पन्न भएको छ। समारोहमा रोट्र्याक्टर राम बिनय यादवले क्लबको अध्यक्षको रूपमा पदभार ग्रहण गर्दै नयाँ नेतृत्व सम्हालेका छन्।
समारोहमा निवर्तमान नेतृत्वबाट नवनिर्वाचित कार्यसमितिलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको थियो। नवनिर्वाचित अध्यक्ष राम्बिनय यादवलाई पद तथा दायित्व हस्तान्तरणसँगै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।
पदभार ग्रहणपछि अध्यक्ष यादवले क्लबको नेतृत्व सम्हाल्दै सेवा, नेतृत्व विकास, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई अझ प्रभावकारी र परिणाममुखी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले क्लबलाई समाजसेवाका विविध क्षेत्रमा सक्रिय बनाउँदै समुदायको हितमा निरन्तर काम गर्ने विश्वास दिलाए।
कार्यक्रममा रोटरी तथा रोट्र्याक्ट परिवारका पदाधिकारी, सदस्यहरू, पूर्व अध्यक्षहरू तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित वक्ताहरूले नयाँ नेतृत्वलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
समारोह सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ। नयाँ कार्यसमितिले आगामी वर्षमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, रक्तदान तथा अन्य सामाजिक सेवामूलक कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।









