मोटरसाइकल चोरीको आरोपमा एक जना पक्राउ

 

हरिकिशोर शर्मा / साउन ४, जिराभवानी, पर्सा

पर्साको पटेर्वासुगौली गाउँपालिका–१, सोनबर्षा निवासी भीम बलिराम महराका ३५ वर्षीय छोरा लालजी कुमार रामलाई मोटरसाइकल चोरीको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी महादेवपट्टीका इन्चार्ज प्रहरी निरीक्षक नरेन्द्र बहादुर बम्जनको कमाण्डमा खटिएको प्रहरी टोलीले आज बिहान करिब ११ बजे उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरी निरीक्षक बम्जनका अनुसार पक्राउ परेका लालजी कुमार रामलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा बुझाइएको छ।प्रहरीले घटनाबारे थप अनुसन्धान जारी गरिएको बताएका छ्न।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित