गहवा माई चौथो विशाल रथयात्रा तथा धार्मिक महोत्सवमा सहभागी हुन समाजसेवी प्रबेज अख्तरको आग्रह

 

वीरगञ्ज, असार ३१। समाजसेवी प्रबेज अख्तरले यही असार ३२ गते र श्रावण १ गते आयोजना हुन गइरहेको  गहवा माई “चौथो विशाल रथयात्रा तथा पावन धार्मिक महोत्सव–२०८३” मा सहभागी भई धार्मिक पुण्य लाभ लिन सम्पूर्ण श्रद्धालु भक्तजन तथा नगरवासीलाई आग्रह गर्नुभएको छ।

उहाँका अनुसार असार ३२ गते बिहीबार बिहान ७:३० बजे मन्दिर प्राङ्गणबाट भव्य रथयात्रा प्रारम्भ हुनेछ। रथयात्राको मुख्य आकर्षणका रूपमा मार्गभरि हेलिकप्टरमार्फत आकाशबाट पुष्पवर्षा गरिनेछ। साथै, सोही दिन साँझ ६:०० बजेदेखि भव्य भजन–सन्ध्याको आयोजना गरिने भएकाले उक्त दिव्य धार्मिक उत्सवमा सहभागी भई दर्शन गर्न र आध्यात्मिक आनन्द प्राप्त गर्न उहाँले सबैमा अनुरोध गर्नुभएको छ।

त्यसैगरी, श्रावण १ गते बिहान ६:०० बजेदेखि ५६ भोगसहितको महापूजा तथा दिउँसो ४:०० बजेदेखि विशाल महाप्रसाद भण्डाराको आयोजना गरिने कार्यक्रम रहेको छ। महाप्रसाद ग्रहण गर्नु माता रानीको असीम कृपा तथा अमृतस्वरूप प्रसाद प्राप्त गर्नु सरह रहेको विश्वास व्यक्त गर्दै उहाँले यसबाट आत्मा र शरीर दुवै पवित्र हुने धार्मिक मान्यता रहेको बताउनुभयो।

लाखौँ श्रद्धालु भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको यस धार्मिक महोत्सवलाई मर्यादित, शान्तिपूर्ण र सुव्यवस्थित रूपमा सम्पन्न गर्न सम्पूर्ण नगरवासी, श्रद्धालु तथा सरोकारवालालाई सहयोग र सहभागिताका लागि समाजसेवी अख्तरले हार्दिक आह्वान गर्नुभएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित